सिमलताल बस दुर्घटना : त्रिशूलीमा हराइरहेका ११ जनाको शव भेटियो

3.1k
Shares

चितवन ।

चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ।  गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुहरू खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

यी शवहरू पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ। अहिलेसम्म ६ जनाको सनाखत भएको र ५ जनाको सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए। जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा जीकार्य जारी रहेको छ।