नारायणी नदीमा एकैदिन ६ जनाको शव फेला 

4k
Shares

काठमाडौं ।

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालको पहिरोमा परेर सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका बसको खोजी भइरहेको छ।

खोजीकै क्रममा नारायणी नदी किनारमा  यात्रुका शवहरू फेला पर्न थालेका छन्।  आइतबार मात्र नारायणी नदी किनारमा ६ जनाको शव फेला परेको छ । जसमध्ये ४ वटा शव दुर्घटना परेका यात्रुको भएको पाइएको छ भने बाँकी २ जनाको पहिचान खुल्न सकेको छैन।

असार २८ गते बिहान वीरगन्जबाट काठमाडौं तर्फ आइरहेको र काठमाडौंबाट गौर तर्फ गइरहेको यात्रु बाहक बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको उद्धार कार्यको लागि गोताखोर सहित परिचालित नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त फौजले नदीको उच्च बहाव तथा धमिलो पानीको बाबजुद पनि खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

यसै सिलसिलामा आइतबार गृह सचिव एक नारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसहितको टोलीले घटनास्थल स्थलगत अवलोकन गरेर खोजी कार्यका बारेमा जानकारी लिएको थियो।