एफबीआईले भन्यो- पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास भयो

2.07k
Shares

एजेन्सी ।

अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबीआई)ले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई हत्याको प्रयास भएको बताएको छ।

अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्‍यालीमा पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। कानमा गोली लागे पनि आफू सुरक्षित रहेको ट्रम्पले बताएका छन्।

घटनाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले ट्रम्पको ज्यान लिने उद्देश्यले नै गोली प्रहार भएको दाबी गरे। उनले भने, ‘शनिबार साँझ हाम्रा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो।’

गोली हान्ने व्यक्तिको लगभग पहिचान भइसके पनि सबै प्रक्रिया पूरा गरेपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। अमेरिकी प्रहरीका अनुसार ट्रम्पलाई गोली प्रहार घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।