रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

308
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र अप्रति (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन्। परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप समेत जारी गरेको जानकारी दिएका हुन्।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।