बस दुर्घटनामा बेपत्ता भएकाको खोजी र उद्धारमा लाग्न प्रधानमन्त्रीको निर्देशन

126
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् ।

‘नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’

 साथै उनले धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिल गरेका छन् ।