यस्तो छ तपाईंको आजको राशिफल

3.1k
Shares

मेष : बोल्दा ख्याल गर्नुपर्नेछ। आफन्तबाट भन्दा अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी उठाउन विवाद गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीले प्रभावित बनाउन सक्नु हुनेछ। परोपकारमा मन जानेछ। मनमा उत्साह र उमंग रहने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको लगानीमा विवाद हुनेछ।

मिथुन : दिन रमाइलो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुन्छ। निर्णय क्षमतामा प्रश्न उठ्ने देखिन्छ।

कर्कट : काम गर्दा मेहनत गर्नुपर्नेछ। डरका कारण बनेको काम बिग्रने जोखिम देखिन्छ। लक्ष्यमा पुग्न मेहनत गर्नुपर्ने दिन छ। दिउँसोपछि सोचेको काम बन्नेछ। परिवारसँगको सल्लाहले गरेको कामले खुशी मिल्नेछ।

सिंह : दिन राम्रो छ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्दा मनमा उत्साह बढ्नेछ।

कन्या : आफन्तको सुझावले काम बन्नेछ। साथीसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। शिक्षामा प्रगति हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। परिवारको सिर्जनात्मक साथ प्राप्त हुनेछ।

तुला : गलत सल्लाह प्राप्त हुनसक्छ। निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृश्चिक : एकोहोरो प्रयासले कुनै काम सफल नबन्ने देखिन्छ। बौद्धिक वर्गको सल्लाहबाट गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन रमाइलो बन्नेछ।

धनु : यात्राको योग छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगिता भए सफलतता मिल्नेछ। स्वदेशमा सेवा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा सकारात्मक प्रभाव पर्नेछ।

मकर : नजिकैका साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाम र दाम मिल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा उन्नति हुने दिन छ।

कुम्भ : राम्रो ग्रहको बहुमत छ। योजनाबाट सफलता प्राप्त हुनेछ। तपाईंले बनाएको योजनाले सम्मान मिल्नेछ। श्रम गरेको क्षेत्रमा वैदेशिक रोजगारीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको कामको प्रशंसा हुनेछ। जिम्मेवारी बुझ्नुपर्ने आवश्यकता छ। बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।