पोखरामा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु

672
Shares

काठमाडौं ।

पोखरामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ। गए राति पोखरा महानगरपालिका- १९ पुरनचौरमा पहिरो गई घर पुरिदा ७ जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ।

पहिरो गएको स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जनाको टोली, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य जारी छ।