आज विश्व जनसङ्ख्या दिवस मनाइँदै

126
Shares

काठमाडौं ।

विश्व जनसङ्ख्या दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ।  दिवसको नारा ‘समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर सबैका लागि सुदृढ र समतामूलक भविष्यतर्फ’ भन्ने तय गरिएको छ।

हालको विश्व जनसङ्ख्या ८ अर्ब १२ करोड ५ लाख ८ हजार २ सय २२ रहेको छ। जुलाई १०,२०२४  मा वर्ल्डमिटर द्वारा प्रकाशित तथ्याङ्क अनुसार हिजो सम्मको विश्व जनसङ्ख्याको विवरण ८ अर्ब १२ करोड पुगेको हो।

विश्वको जनसङ्ख्या २०२४ मा प्रति वर्ष लगभग ०.९१ प्रतिशत मात्र वृद्धि दर रहेको छ। यो दर २०२३ मा ०.८८ प्रतिशत मात्र रहेको थियो भने २०२० मा ०.९८ प्रतिशत रहेको थियो। त्यसै गरी २०१९ मा भने जनसङ्ख्या वृद्धि दर १.०६ प्रतिशत रहेको थियो।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार नेपालको आजको जनसङ्ख्या ३ करोड, १२ लाख, ४७ हजार ७ सय ८८ रहेको छ। नेपालको हाल वार्षिक औसत जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो।