पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

1.69k
Shares

चितवन।

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो।

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्नेछ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।