राप्रपा संसदीय दलको बैठक बस्दै

140
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकले शुक्रबार प्रधानमन्त्रीले लिने विश्वासको मतको विषयमा पार्टीको धारणा स्पष्ट गर्ने बताइएको छ।

राप्रपाले कांग्रेस-एमालेबीच भएको सहमतिलाई स्वागतयोग्य बताइसकेको छ। राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय आजको बैठकबाट गर्न सक्ने बताइएको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। प्रतिनिधिसभामा राप्रपाका १४ सांसद रहेका छन् ।