युरो कपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्ने

1.7k
Shares

काठमाडौं ।

युरो कपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुने छ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।

तीन पटक युरो कपको उपाधि जितेको स्पेन योसहित पाँचौँ पटक युरो कपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनल खेल्दै छ। २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमनेसामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।