सशस्त्र प्रहरीद्वारा खोलामा फसेका एक जनाको सकुशल उद्धार

714
Shares

काठमाडौं ।

सिरहाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाकोबीचमा फसेका एक जनाको सशस्त्र प्रहरीले असार २६ गते सकुशल उद्धार गरेको छ ।

सोही ठाँउ बस्ने अन्दाजी ४० वर्षीय अरुण चौधरी घरबाट लहानतर्फ जाने क्रममा पानी बहाव बाढी खोलाकोबीच भागमा फसेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा जानकारी दिएका छन् ।

सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लहानले उनको सकुशल उद्धार गरेको उपरीक्षक थापा जानकारी दिए ।