होटल सञ्चालन गरी मानव बेचबिखन गरेकोमा दोषी ठहर, १० वर्ष कैद

210
Shares

धादिङ । 

आफ्नो होटेलमा ल्याएर मानव बेचबिखन र ओसारपसार गरेको कसुरमा गल्छी गाउँपालिका वडा नम्बर ८ कि ४८ वर्षीया सरस्वपनेरुलाई काराबास सजाय सुनाइएको छ ।

 १८/१९ वर्षका दुईजना युवतीलाई मानवबेचविखन तथा ओसारपसार गरेको विषयमा दोषी ठहराउँदै पनेरुलाई छुट्टाछुट्टै दुई मुद्दामा १० र१० वर्ष कैद गर्ने फैसला जिल्ला अदालतले मंगलबार गरेको छ ।

जिल्ला न्यायधिस गिता श्रेष्ठको इजलासले होटल सञ्चालन गरी मानव बेचविखन तथा ओसारपसारमा संलग्न भएको भन्दै १०-१० वर्ष कैद गरी दुबै मुद्दामा एक एक लाख गरी २ लाख रुपैयाँ जरिवाना असुल गर्न र  पीडित २ जनालाई ५०-५० हजार रुपैयाँ क्षतिपूर्ति दिन फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले यन्सेक अनलाइनलाई जानकारी दिनुभयो ।

गल्छी गाउँपालिका —८ नबुवाबोटेमा होटल सानदार सञ्चालन गरेर मानव बेचबिखन तथा ओसारपसार गर्ने गरेको  र आफूहरू पीडित भएको भन्दै सोही होटेलमा काम गर्ने १९ वर्षका दुईजना युवतीले (८) वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

पीडितहरूको धादिङ अस्पतालमा (८) वैशाख २९ गते स्वास्थ्य परीक्षण र उपचार भएको थियो । आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालय मार्फत (८) जेठ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएकोमा जेठ २४ गतेको आदेशले पुरपक्षका लागि थुनामा रहेको कसुरदार पनेरु विरुद्ध २० पटकको पेसीपछि मुद्दाको किनारा लागेको थियो । जिल्ला अदालतले ०८१ असार १३ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पनेरुलाई कसुर कायम गरेको थियो । ।

कसुरदार पनेरुलाई छुट्टाछुटै मुद्दामा १०-१० वर्ष कैद गरिएको छ भने जिल्ला अदालतले गल्छी गाउँपालिका—८ का २७ वर्षीय विनोद थापामगर हत्यामा सहयोग गरेको कसुरमा ७ वर्ष कैद गर्ने फैसलासँगै २० वर्ष कैदको फैसला भएको छ तर एकै पटक भएको मुद्दाको किनारा लागेकोले सबैभन्दा बढी कैद भएको १० वर्ष कैद बसेपछि कैद भुक्तान हुने बताइएको छ । जरिवाना र क्षतिपूर्तिको रकम भने पुरै तिर्नु पर्ने हुन्छ ।

होटल सानदारमा ०८० वैशाख २७ गते राती पनेरुको सहयोगमा उनका छोरा निरज पण्डितले थापामगरलाई छुरा प्रहार गरी हत्या गरेका थिए । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा छोरा निरजलाई भने जन्मकैद भएको छ ।