रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या, ५ जना पक्राउ

1.8k
Shares

रौतहट ।

छुरा प्रहारबाट मंगलबार राती एक जनाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका– ९ लवातना निबासी मिश्री भन्ने १८ वर्षीय सहबाज मिया आलमको छुरा प्रहार गरी हत्या भएको हो ।

आलमको पेटमा छुरा प्रहार भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरिक्षक एलिजा गिरीले घटनाको पुष्टि गर्नुहुदै हत्या आरोपमा अनुसन्धानको लागि पाँच जना पक्राउ गरिएको बताए ।

आलम लाई साथीहरुलेनै बोाएर घर बाट भन्दा पर लगेका थिए । पछि उनको शब ईशनाथ नगरपालिका– २ औरेया स्थित आँपको बगैँचामा भेटिएको हो । आलम लाई उनकै साथीहरुले हत्या गरेको हुनसक्ने औल्याइएको छ ।