बुधबार सुनचाँदीको मूल्य कति पुग्यो ?

8.5k
Shares

काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्यस्थिर रहेको छ भने चाँदीको मूल्य सामने घटेको छ । मूल्यस्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सयमै कारोबार भएको हो ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।