बाढीपहिरो अपडेट : आजसम्म ८० को मृत्यु, पाँच बेपत्ता

1.6k
Shares

काठमाडाैं ।

अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्  बाट मंगलबारसम्म ८० जनाको मृत्यु भएको छ ।

गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ ।

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन् । एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार ७६४ घर परिवार विस्थापित भएका छन् ।