फ्रान्सका बामपन्थी नेता भन्छन्- प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं



काठमाडौं ।

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन्।

हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्। आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठूलो भूमिका खेल्ने भएको छ। मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए।

एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्याली बहुमततर्फ अघि बढेपनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो। राष्ट्रपति म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा आयो।

फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ। उता वामपन्थी समर्थकहरुले आइतबार रातिदेखि पेरिसको सडकमा ठूलो संख्यामा विजयी जुलुस निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्