अदालतको सुरक्षामा खटिएका प्रहरी कुटेको आरोपमा वकिलविरुद्ध जाहेरी



काठमाडौं ।

काठमाडौं जिल्ला अदालतमा सुरक्षार्थ खटिएका प्रहरी जवानमाथि वकिलले हातपात गरेको आरोपमा जाहेरी परेको छ। म्याग्दीको बेनी नगरपालिका ५ स्थायी घर भइ हाल काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवान जीवन छिनालले आफूमाथि वकिल नानी थापा भन्ने लक्ष्मी थापाले ड्यूटीका क्रममा हातपात र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका हुन्।

छिनालले आफूमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै आइतबार सिंहदरबारस्थित प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । असार २३ गते आइतबार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी नानी भनिने लक्ष्मी थापाले आफूलाई गालीगलौजसँगै हातपातसमेत गरेको प्रहरी जवान छिनालको आरोप छ।

आफ्ना क्लाइन्ट लिएर अदालतमा प्रवेश गर्न लागेकी थापालाई आफूले रोकेको त्यसैलाई लिएर गालामा चड्कन हानेको छिनालले जाहेरीमा उल्लेख गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेटको सीसीटीभी फुटेज तथा त्यसमा देखिएका अन्य व्यक्ति र घटनास्थलमा रहेकी कुसुम खड्कालाई उनले साक्षीको रुपमा राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्