गौशालाबाट ११ वर्षीया बालिका बेपत्ता, अपहरण भएको आशंका

7.33k
Shares

 महोत्तरी।

महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता भएकी छन् ।गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो बेपत्ता भएकी हुन ।

वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा वस्ने १९ बर्षीय आकाश कुशवाहा एकैदिन बेपत्ता भएपछि वालिकाको परिवारले कुशवाहाले नै  बेपत्ता बनाएको हुन सक्ने आशंका  गरेका छन् ।

यसैको आधारमा कुशवाहामाथी बेपत्ता वालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन् । ‘आफन्त र केही सुराकीको आधारमा छोरीलाई  कुशवाहाले लिएर गएको थाहा पाएका छौ ।’ कृतिकाका वुवा संजय कुमार महतोले भने ।’उमेर नै नपुगेकी ११ बर्षीय छोरीलाई अपहरण शैलीमा भागाएपछी अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौ ।’

वालिका काँहा छिन भन्ने विषयमा मोबाइल फोन समेत प्रहरीले  ट्रयाकिङ्ग गरेको छ । ट्रयाकिङ्गको आधारमा ठाँउ पहिचान गर्दा वालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको बेपत्ता वालिकाका परिवारजनले बताए ।

‘हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्याँहा कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पांयौ ।’ बेपत्ता वालिकाका मामा देवनारायण महतोले भने । ‘त्यसपछि उनीहरुले हामि खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरवुवा प्रभु महतोको घरमा पुर्र्याएकोसम्म थाहा पाएका थियौ तर अहिले हाम्री भान्जी काँहा छिन भन्ने केही थाहा छैन ।’

प्रहरीलाई जाहेरी दिएको ५ दिन वितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तहरुले गुनासो गरेका छन् । यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यस्को लागि संयन्त्रहरु समेत प्रयोग गरिरहेको दाबी गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सूर्य बहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भइरहेको बताए । उनले भने । ‘हामी लागिरहेका छौ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरु थुप्रै रहेछन् हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र बनाएका छौ ।’

यता वालिका बेपत्ताको बिषयलाई लिएर मानवअधिकारवादीहरुले समेत ध्यानाकर्षण जनाएका छन् । मानवअधिकारवादी संवद्व संस्था मधेश प्रदेश प्रमुख मञ्जु खतिवडाले वालिका बेपत्तालाई लिएर आफूहरूको ध्यानाकर्षण भएको बताएकी छन् । ‘उमेर नपुगेकी वालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अव अपहरण मुद्दामा वालिकाका आफन्त अगाडी बढ्नुपर्छ ।’

बेपत्ता भान्जीको विषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।

– विशाल बस्नेत