कांग्रेस-एमालेको नयाँ गठबन्धनप्रति बालेनको टिप्पणी- यो समय गिरिबन्धु चियाको हो



काठमाडौं ।

काठमाडौं महानगरका मेयर बालेन शाहले कांग्रेस-एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले यो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन्।

उनले भनेका छन्- ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले।’ गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्