यस्तो छ तपाईंको आजको राशिफल



मेष : सोचेर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारसँगको भेटले दिन रमाइलो बन्नेछ।

वृष : कला र संस्कृतिप्रतिको झुकावले मनमा उत्साह बढ्नेछ। आत्मबल बढ्नाले लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ। प्रतिस्पर्धामा सफल बन्नुहुनेछ। राजनीतिक क्षेत्रमा ठुलो उपलब्धि प्राप्त हुनेछ।

मिथुन : वैदेशिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। नयाँ ठाउँको यात्रामा पुराना साथीसँग भेट हुनेछ। काम गर्नु अगाडि विवेक प्रायोग गर्नु राम्रो हुनेछ।

कर्कट : साथीबाट असहयोग हुनेछ। आफ्नो योजना हतारमा सार्वजनिक गरेमा घाटा हुनेछ। आफन्तले असहयोग गर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सानो कुरामा अलमल गर्नाले ठुलो काममा अवरोध पुग्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारबाट नाफा हुनेछ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु राम्रो हुनेछ।

कन्या : सामाजिक क्षेत्रमा असन्तुष्टि बढ्नेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। निरन्तरको प्रयासले सफल बन्नुहुनेछ। काम गर्दा धैर्यता आवश्यक देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ।

तुला : समय रमाइलो छ। विशिष्ट व्यक्तिसँगको भेटले काम बन्नेछ। लगानीको क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परोपकारमा समय जानेछ। परिवारमा भने विवाद बढ्नेछ।

वृश्चिक : आँट र दक्षताले मात्र काम बन्ने दिन छ। आफन्तले खर्च बढाउने छन्। राजनीतिक क्षेत्रमा भने मान र सम्मान बढ्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आर्थिक प्रगति हुनेछ। साथीको सहयोगले असम्भव काम बन्नेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारसँग रमाइलो हुनेछ। सही सल्लाहले दिन रमाइलोसँग बित्नेछ।

मकर : सामाजिक कार्यमा अवरोध हुनेछ। आर्थिक कारोबारमा मन्दी हुनेछ। तनावको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आजको लगानीबाट खर्च बढ्नेछ। ठुलो कारोबार नगर्नु राम्रो हुनेछ। निजी श्रम लगानीको प्रतिफल अरुले लिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ।

मीन : सामान्य लाभ हुने दिन छ। स्वास्थ्यमा समस्या हुँदा मन उदास र निराश बन्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्