युरो कप: डिफेन्डिङ च्याम्पियन इटाली बाहिरियो



एजेन्सी ।

डिफेन्डिङ च्याम्पियन इटाली जर्मनीमा जारी युरो कपबाट बाहिरिएको छ। शनिबार भएको अन्तिम १६ को खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० ले पराजित भएको हो। बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक एक गोल गरेका थिए।

३७औँ मिनेटमा भार्गासकै पास नियन्त्रणमा लिँदै फ्रिउलारले स्विट्जरल्यान्डलाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए।

मिचेल एबिसरको पासमा बक्स भित्रबाट उत्कृष्ट फिनिस गर्दै भार्गासले अग्रता दोब्बर बनाएका थिए। स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेता विरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्