चट्याङ लागेर महिलाको मृत्यु



नवलपरासी।  

खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर पूर्वी नवलपरासीमा एक महिलाको बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा कावासाेती नगरपालिका वडा नम्वर १४ निवासी ४६ वर्षीय दिलकुमारी थारु रहेकी छन् ।

प्रहरीका अनुसार मध्यान्हकाे समयमा स्थानीय बुद्धिराम महताेकाे खेतमा धान राेप्ने क्रममा  चट्याङ परेर उनी गम्भीर  घाइते भएकी थिईन् ।
घाइते थरूलाई अचेत अवस्थामा स्थानीय मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारार्थ चितवन तर्फ लैजाने क्रममा बाटाेमै उनको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्