सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?



काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्