भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

2.82k
Shares

काठमाडौं ।

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बिहीबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले मेक्सिकोलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वाटरफाइनलमा पुगेको हो।

मेक्सिकोविरुद्धको जितमा खेलको ५७औँ मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। यो जितपछि २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

त्यस्तै मेक्सिकोको भने २ खेलमा ३ अङ्क रहेको छ र समूहमा तेस्रो स्थानमा छ। अब भेनेजुएलाले समूह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोही दिन इक्वेडरसँग खेल्ने छ।