दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान ५६ रनमै अलआउट



काठमाडौं ।

आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तान ५६ रनमा अलआउट भएको छ।  दक्षिण अफ्रिकाविरुद्ध  टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाएर अलआउट भएको हो।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्वाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्