मनिताले पेरिस ओलम्पिक खेल्ने 

1.03k
Shares

काठमाडौं ।

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने पक्का भएको छ। नेपाल ओलम्पिक कमिटीका अनुसार बाह्रौँ दक्षिण एसियाली खेलकुद सागकी रजत विजेता मनिताले युनिभर्सल कोटा (वाईल्ड कार्ड) मार्फत ओलम्पिक खेल्ने पक्का गरेकी हुन्।

उनले ५७ केजीमुनि चुनौती पेस गर्नेछिन्। बन्दी सहायता नियोग प्रिजनर एसिस्टेन मिसन  (पाम) बाट खेल्न सुरुआत गरेकी उनले सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगितामार्फत् पहिलो पटक खेलेकी थिइन्।