अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा



काठमाडौं।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

अर्जेन्टिनाले समूह ए मा लगातार दोस्रो जित हासिल गरेको छ। चिलीविरुद्धको जितमा खेलको ८८औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि समूह ए मा अर्जेन्टिनाको २ खेलमा ६ अङ्क भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २-२ खेलमा एक एक अङ्क रहेको छ। अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्