नेपाललाई पाँच स्वर्ण



काठमाडौं ।

नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ। प्रतियोगितामा सहभागी सातै खेलाडीले पदक जितेका हुन्। नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो ।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते। पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे।

भारतको गोवामा भएको प्रतियोगितामा नेपालले थप १ रजत र १ कांस्य पनि जितेको थियो। सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे। नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्