लमजुङमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु 



फाइल तस्बिर

लमजुङ ।

लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। बगुम स्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको हो ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेकाे घर पहिरोले बगाएको  वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए । पहिरोमा परि ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङकाे मृत्यु भएकाे छ।

रूद्रमानकाे श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडा सदस्य घलेले बताए। पहिरोमा परि चित्रका भाइ भिमबहादुर घले घाइते भएका छन्।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।  घटनाको विस्तृत विवरण आउन बाँकी  छ ।

प्रतिक्रिया दिनुहोस्