झापामा चट्याङ लागेर दुई जनाको मृत्यु 



काठमाडौं ।

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो।

गौरीगन्ज गाउँपालिका-३ का सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्