अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा



काठमाडौं ।

भारत जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्वाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिङको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। यो जितपछि भारत सुपर आठको समूह ए बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्ने छ।

त्यसै गरी यो हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने सङ्कटमा परेको छ। अब मंगलबार बिहान हुने अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समूह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्