थाहा पाउनुहोस् तपाईंको आजको राशिफल



मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : खुशी मिल्नेछ। यसअघि विवादमा रहेका काम बन्नेछ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

मिथुन : अरुलाई तर्साएर आफ्नो काम बन्नेछ। दिन रमाइलोसँग बित्नेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।
परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीहरुले सहयोग गर्नेछन्।

कर्कट : बन्न लागेका काममा अवरोध सिर्जना हुनेछ। विपक्षी सक्रिय भएकाले साथीलाई विश्वास नगर्नु राम्रो हुन्छ। परिवारको विश्वास गुमाउनुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

सिंह : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। लगानीका क्षेत्रबाट नाम र दाम प्राप्त हुनेछ। न्यायको क्षेत्रमा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। श्रमको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : तपाईंले गरेको प्रयास सफल बन्नेछ। व्यापारमा नाफा हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारले सहयोग गर्ने दिन छ। श्रमको मूल्य प्राप्त हुनेछ। सामाजिक सेवातर्फ मन जानेछ।

तुला : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। नाम, दाम र सम्मान एकसाथ प्राप्त हुनेछ। राम्रो कामको चर्चा हुनेछ। राजनीतिमा सक्रिय बन्ने योग छ। परिवारको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

वृश्चिक : लाभ र हानी बराबर हुने दिन छ। समाजसेवामा रमाउने योग छ। लगानीको क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : नयाँ कामको थालनी हुनेछ। मनमा उत्साह बढ्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। सहयोगीबाट आश्वासन प्राप्त हुनेछन्। आजको लगानीले दीर्घकालीन योजना बन्नेछन्।

मकर : मन अशान्त हुनेछ। व्यावहारमा झन्झट आइपर्नेछ। धन खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन गएका दिन सहज बन्नेछ। परिवारसँग तनाव हुने देखिन्छ। जन्मुण्डली देखाएर त्यही अनुसार कुनै कामको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : शनिदेवको छाया योग चल्दै छ। तर शुभ ग्रह तपाईंको पक्षमा रहेकाले मनमा उत्साह बढ्नेछ। स्वदेशमै गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको छलफलबाट गरेको काम सफल बन्नेछ।

मीन : नयाँ कामको सुरुवात हुनेछ। सुन्दर बन्न मन लाग्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्