सशस्त्रका १८ एसपी र २ सय ३७ डीएसपीको सरुवा 



काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो। २ वर्ष अवधि पुरा भएका र कमान्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरूको एकै पटक सरुवा गरिएको हो।

सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्।  पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमान्डको लागि सङ्गठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ।

सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमान्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमान्डमा पठाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्