वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा



काठमाडौं ।

आयोजक वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको हो । टस हारेर सुरुवाति ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो।

तर, जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ब्याटिङ थालेसँगै वर्षाका कारण खेल प्रभावित बनेको थियो । वर्षाका कारण प्रभावित बनेको खेलमा दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो। १६ ओभर १ बलमा ७ विकेट गुमाउँदै १२४ रन बनाएर दक्षिण अफ्रिकाले लक्ष्य पूरा गरेको हो।

यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ भने वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ। सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्