डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस



काठमाडौं ।

प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

आज बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एआइजीमा पोखरेललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार पोखरेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्