मेलम्चीको बाढीले बगायो फट्टेको अस्थायी पुल



सिन्धुपाल्चोक ।

गए रातिको वर्षापछि मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका–११, फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।

०७८ को बाढीले पुल बगाएपछि उक्त स्थानमा ह्युमपाइप राखिएको थियो। अस्थायी पुल बनाइएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई उक्त अस्थायी पुलले जोडेको थियो।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ। रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै प्रमुख तामाङले अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए।

प्रतिक्रिया दिनुहोस्