विमानस्थल जाँदै गर्दा प्लेन छुटेपछि प्रेमीविरुद्ध प्रेमिकाले हालिन् मुद्दा



काठमाडाैं ।

विमानस्थल जाँदै गर्दा प्लेन छुटेपछि प्रेमीविरुद्ध प्रेमिकाले अदालतमा मुद्दा हालेकी छन्  ।

प्रेमिका ब्वायफ्रेन्डको रूपमा सम्बन्धमा रहनु र त्यसपछि यसलाई कायम राख्ने वाचा पूरा गर्नु सबैको अधिकारमा हुँदैन । विशेष गरी मौखिक प्रतिज्ञाहरू पूरा नगर्दा, अर्को व्यक्तिलाई धेरै नराम्रो लाग्न सक्छ । झगडा हुन धेरै समय लाग्दैन । एउटी प्रेमिकासँग पनि यस्तै भएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार न्यूजिल्याण्डकी एक प्रेमिकाले आफ्नो प्रेमीविरुद्ध ‘मौखिक सम्झौता उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेकी हुन्  ।

विमानस्थलमा नपुगेका कारण आफ्नो म्युजिक कन्सर्टको उडान छुटेको उनले बताएकी छन् । प्रेमिकाले आफूलाई एयरपोर्टमा छोड्ने वाचा गरे तर समयमा नपुगेका कारण प्लेन छुटेकाे बताएकी छन् । उनले समयको पालना र वाचा दुवैलाई कति गम्भीरताका साथ महत्व नदिएको बताकएकी छन्  ।

प्रेमिकाको परिचय भने खुलाइएको छैन । उनले न्युजिल्यान्डको विवाद ट्रिब्युनलमा आफू त्यो व्यक्तिसँग साढे ६ वर्षदेखि सम्बन्धमा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्