६ क्विन्टल लागुऔषध गाँजासहित एक पक्राउ 



सिन्धुली ।

 प्रहरीले सिन्धुलीमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका ७ चिसापानीबाट ६ क्विन्टल १५ केजी गाँजासहित उदयपुरको कटारी नगरपालिका ६ घरभई चिसापानी बस्दै आएका कुमार पाख्रिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

 शनिवार राती १ बजे गाँजासहित पक्राउ गरेका पाख्रिनलाई आज आईतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । शनिवार राती १ बजे चिसापानीका थाले ब्लोनको गोठमा अवैध गाँजाको बोरा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा गाँजा बरामद गरिएको उनले बताए । पक्राउ परेका कुमार पाख्रिनलाई नियन्त्रणमा राखी  थप अनुसन्धान कार्यभईरहेको उनले बताए । बरामद गरिएको गाँजा सरोकारवाला निकायको रोहवरमा नष्ट गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्