जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ



कैलाली।

धनगढी उपमहानगरपालिका-३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय मोहन सिंह धामी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ५ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्