रोमानियामाथि बेल्जियमको जित



काठमाडौं ।

बेल्जियमले जारी युरो कपमा रोमानियालाई पराजित गरेको छ। गए राति सम्पन्न समूह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो।

बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए। पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्त्वपूर्ण ३ अङ्क बटुलेको हो।

यो जितपछि बेल्जियम समूह इ मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अङ्कसहित नै शीर्ष स्थानमा छ।

अब बेल्जियमले समूह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ।

प्रतिक्रिया दिनुहोस्