पोर्चुगल युरो कपको नकआउट चरणमा



काठमाडौं ।

पोर्चुगल युरो कपको नकआउट चरणमा पुगेको छ। गए राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।

पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए। यो पोर्चुगलको लगातार दोस्रो जित हो ।

यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो। समूह एफ मा २ खेलमा दुवै जितसहित ६ अङ्क हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ। त्यस्तै टर्कीको २ खेलमा ३ अङ्क रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ।

अब पोर्चुगलले समूह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोही दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्