कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात



काठमाडौं

साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। शुक्रबारबाट सुरु भएको यस प्रतियोगिताको उद्घघाटन खेलमा अर्जेनिटनाले क्यानाडामाथि २–० गोलअन्तरको सहज जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए। पहिलो हाफमा गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले खेलको ४९औँ मिनेटमा अल्भारेज र ८८औँ मिनेटमा मार्टिनेजको गोलबाट खेलमा जित निकालेको हो। जितपछि अर्जेन्टिनाले समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ। त्यस्तै क्यानाडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्