कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ। कांग्रेसले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ।

त्यसअघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ। सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्