लुका जोभिकले इन्जुरी समयमा गोल गरेपछि हारबाट जोगियो सर्बिया



काठमाडौं ।

सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समूह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो।

स्लोभेनियाको जितमा खेलको ६९औँ मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट सुरुवाती अग्रता हासिल गरेको थियो। तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए। पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको स्लोभेनिया यो खेलमा पनि बराबरीमा रोकिएपछि २ खेलमा २ अङ्क हासिल गरेको छ।

त्यस्तै सर्बियाले भने दोस्रो खेलमा एक अङ्क हासिल गरेको छ। अब समूह चरणको अन्तिम खेलमा स्लोभेनियाले जुन २६ मा इङल्याण्डको सामना गर्ने छ भने सर्बियाले सोही दिन डेनमार्कविरुद्ध खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्