गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी



काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।

उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको संचालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैर कानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्