सरुवा रोग अस्पतालको निर्देशकमा पुनः डा. युवानिधि बसौला



काठमाडौं ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा पुनः डा.युवानिधि बसौला नियुक्त भएका छन्  ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै बाल रोग विशेषज्ञ डा. बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिएकाे हाे  ।

डा. बसौला तीना सातापछि पुन: सरुवा रोग अस्पतालको निर्देशकमा फर्किएका हुन् । मन्त्री यादवले गत जेठ ११ गते डा.बसौलालाई कान्ति अस्पतालमा सरुवा गरेका थियाे । तर उक्त निर्णयको तीन सातापछि बुधबार डा.बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्