सम्पादक पण्डितको जन्मदिनमा वृक्षारोपण तथा निःशुल्क दन्त शिविर

490
Shares

काठमाडौँ। 

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितको जन्मोत्सवका अवसरमा बिहीबार काठमाडौँको  तारकेश्वर नगरपालिका ४ र नागार्जुन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पण्डितको जन्मोत्सवकै अवसरमा तारकेश्वर नगरपालिका वार्ड नं ४ मा निःशुल्क दन्त शिविर समेत सम्पन्न भएको छ ।
तराई  विकास तथा सञ्चार केन्द्र नेपालको ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान अन्तर्गत पण्डितको जन्मोत्सवको अवसरमा केन्द्रकै आयोजनामा वृक्षारोपण तथा  दन्तशिविर कार्यक्रम सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिका ४ को वडा कार्यालयमा सम्पन्न भएको सो कार्यक्रममा वृक्षारोपणको सुरुवात प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रम शुभारम्भ गर्दै सचिव उपाध्यायले जन्मोत्सवलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रममलाई देशव्यापाी बनाउन सकिएमा प्रकृतिको संरक्षणमा ठुलो योगदान पुग्ने बताए । विश्वमा जलवायू परिवर्तनका कारण विभिन्न समस्याहरु देखिएको चर्चा गर्दै उनले जलवायू परिवर्तनको असर रोक्न वृक्षारोपण जस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने भएकाले यस्ता अभियानमा सबै पक्ष जोडिनुपर्ने आवश्यकता औँल्याए । उनले यस्ता अभियानलाई सफल बनाउन सरकारी स्तरबाट पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा  तराई  विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष,अभियानका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईले यस्ता कार्यले प्रकृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यस अभियानलाई क्रमशः देशव्यापी बनाएर अघि बढ्ने बताए ।

सम्पादक पण्डितले जन्मदिनलाई सत्कर्म सँग जोडिएर वृक्षारोपण कार्यक्रम गरिएको र यसले वातावरण विनास रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।यसैगरि तारकेश्वर नगरपालिका वार्ड नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठले वृक्षारोपण जस्तो पवित्र कार्यमा जोडिन पाउँदा अत्यन्तै खुशी लागेको र यस्तो कार्यलाई नगरपालिका र वार्ड कार्यालयहरुले पनि अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा सरिक भएका सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याल, राजश्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारी,ओम समाज डेण्टल अस्पतालका वरिष्ठ दन्त विशेषज्ञ डा सुभाष घिमिरे, पत्रकार पुकार तिमल्सिना राष्ट्रसेवक कर्मचारी मनोज थापा, सृजनशील महिला समाजकी अध्यक्ष  सुष्मा रेग्मी,योग साधना केन्द्रका राधिका महर्जन, सुवास थापा,४ नं वडाका सदस्यहरु अर्जुन घिमिरे,विन्दु  थापा,आशिया ठाकुर,राजेन्द्र घिमिरे लगायतले वृक्षारोपण कार्यले वातावरण जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले यसलाई देशव्यापाी बनाउन आवश्यक रहेको बताएका थिए । वृक्षारोपण कार्यक्रममा तारकेश्वर नपा वडा  नं ४ र नजिकै रहेको  नागार्जुन जंगल क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रम सम्पन्न भएलगत्तै जन्मदिनलाई सत्कर्मसँग जोडौँ अभियान  अन्तर्गत तारकेश्वर ४ को वडा कार्यालयमा वृहत निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको थियो । सो शिविरमा ओम समाज डेण्टल अस्पतालका वरिष्ठ दन्त विशेषज्ञ डा सुभाष घिमिरे नेतृत्वको चिकित्सकको टोलीले स्थानीय १ सय जना भन्दा बढीको निःशुल्क उपचार  र दाँत परीक्षण  गरेको थियो ।