जर्मनी युरो कपको नकआउट चरणमा

308
Shares

काठमाडौं ।

जर्मनीले जारी युरो कपमा लगातार दोस्रो जित हासिल गरेको छ।  गए राति सम्पन्न समूह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए। यो जितपछि जर्मनीको समूह ए मा २ खेलमा ६ अङ्क भएको छ र शीर्ष स्थानमा रहेको छ। यो जितपछि जर्मनी यस युरो कपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ।

त्यसै गरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ।