धादिङमा टाटा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु

2.35k
Shares

धादिङ । 

मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ  खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको छ।

दुर्घटनामा घाइते गुरुङलाई  उद्धार गरी धादिङ अस्पताल ल्याइएकोमा अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।  ज १ ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्थानीय खिर्रेका ५५ वर्षीय जीवन श्रेष्ठ (कृष्णमान) घाइते भएका छन्।